ओमको दुई शाखा थप

0
Shares

काठमाडौं, (नेस)
ओम डेभलपमेन्ट बैंकको चितवनको चनौली र मकवानपुरको हेटौंडा शाखा उद्घाटन भएको छ। चनौली शाखाको उद्घाटन उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले भिमनगर माविका विद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रवृद्धिको घोषणा गर्दै शाखाको गर्नुभयो।

हेटौंडा शाखा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रबृद्धिको घोषणा गर्दै उद्घाटन गर्नुभयो। कार्यक्रममा बैंकका अध्यक्ष सुशील कुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बैंकको विविध पक्षहरूको जानकारी गराउनु भएको थियो। बैंकले फागुन मसान्तसम्म १८ अर्ब १५ करोड निक्षेप संकलन गरी १६ अर्ब ३२ करोड रुपियाँ कर्जा लगानी गरेको छ भने शाखा संख्या ५२, कर्मचारी संख्या ३९९, ग्राहक संख्या करिब २ लाख ३१ हजार, एटीएम संख्या ११ रहेकोे छ।