बाल यौन दुराचारको आरोप राष्ट्रसंघका कर्मचारी पक्राउ

0
Shares

काठमाडौं, (नेस)
बाल यौन दुराचारको आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ। नेपाली बालकहरूलाई ललाई–फकाई विभिन्न प्रलोभनमा पारी बाल यौन दुराचार गरी नेपाली बालकलाई पीडित बनाउने गरेको भन्ने विशेष सूचनाको आधारमा क्यानेडियन नागरिक पिटर डाल्गिस पक्राउ परेका हुन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले उनलाई काभ्रेको मण्डन देउराउली नगरपालिकाबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनी बाल यौन दुराचारको आरोपमा पक्राउ पर्ने ‘हाई प्रोफाइल’ व्यक्ति हुन्। उनी नेपालस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयमा कार्यरत रहेका व्यक्ति हुन्।

उनीमाथि बाल यौन दुराचार मुद्दाअन्तर्गत अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। गैरनाफामूलक संस्था स्ट्रिट किड्स इन्टरनेसनलका संस्थापकसमेत रहेका उनी २००२ मा राष्ट्रसंघको बाल श्रमविरुद्धको कार्यक्रमका प्रमुख प्राविधिक सल्लाहकारका रूपमा कार्यरत रहेको बुझिएको छ।