एकीकृत जाँच चौकी अलौ वीरगंज सञ्चालन

0
Shares

बीरगञ्ज । प्रधानमन्त्री केपी ओपी र  नरेन्द्र मोदीले भारतको हैदरावादबाट रिमोट थिचेर उद्घाटन गरेपछि एकीकृति जाँच चौकी अलौ वीरगंज सञ्चालनमा आएको छ । शनिबार दिउँसो डेढ बजेदेखि आईसिपी सञ्चालनमा आएको थियो ।आईसिपी भित्रै भिडियाे कन्फेन्स मार्फत आईसीपी उद्घाटन भएको थाहा पाएपछि भारतीय र नेपाली दुबै देशका सरकारी कार्यालयका उच्च अधिकारी, सुरक्षा प्रमुख एव व्यवसायीहरु खुशीयाली साटासाट गरेका थिए ।

आईसिपी उद्घाटनको बोर्ड उघारेर वीरगंज स्थित महावाणिज्य दूतावासका माहावाणिज्य दूत विसी प्रधान एवं नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्याकारी निर्देशक विसी प्रधानले संयुक्त रुपमा उद्घाटन भएको घोषणा गर्दै ताली बजाएर एक अर्कालाई बधाई दिएका थिए ।

त्यसपछि दुबै देशका भन्सार अघिकारीहरु हरियो झण्डा देखाई मालसमान बोकेको सवारी साधनलाई आयात निर्यात खुल्ला गरे । भारतबाट ८५ वटा डिजेल बोकेका टयाक्रहरु भित्रियाइएको छ ।४ करोड ४ लाख ५३ हजार राजस्व संकलन गर्दै वीरगंज भन्सारले १७०० किलोलिटर डिजेल नेपाल भित्रिआउन अनुमति दिएको थियो भने नेपालबाट ३ वटा ट्रकको समान भारत निकासी गरिएको वीरगंज भन्सारका सूचना अधिकारी सन्तोष यादवले बताए । उनका अनुसार प्रेष्टिज फुटवेयर प्रालीको ३० लाख ६२ हजारको प्लाष्टिकको मैट २ गाडी र २२ लाख ६३ हजारको जुताको एक गाडी गरी कुल ३ गाडी मालसमान भारत पठाइएको हो