काभ्रेको दोलालघाटमा दोलाघाट महोत्सव-२ शुुरु

0
Shares

बनेपा । काभ्रे भुम्लु गाउँपालिका–१०, दोलालघाटस्थित दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लबले आयोजना गरेको दोलालघाट महोत्सव २ शुक्रबारबाट सुरु भएको छ ।

दुलालेश्वर वातारणीय समाजसेवा क्लबले प्राृकतिक तथा सांस्कृतिक कृषि र व्यापार, दोलालघाट पर्यटन प्रवर्द्धन विकासको आधार भन्ने मुल नाराका सुरु गरिएको महोत्सव २०७५ वैशाख ३ गतेसम्म चल्ने छ ।

महोत्सबमा बिभिन्न स्टलहरु सहित मनोरनजनकमुलक खेलहरु पनि रहेको आयोजकले जनाएको छ । दोलालघाट महोत्सव २ मा १ सय ५ स्टलहरु राखेकोमा ७० भन्दा धेरै स्टलहरु बुक भइसकेको आयोजकले जनाए ।

महोत्सबभरमा दोलालघाटको सुनकोशी र इन्द्रवातीको लोकल माछा, स्थायिन स्तरमा उत्पादन गरिएको कृषिजन्य बस्तुहरु र खुवाको स्टल प्रमुखरुपमा रहेको क्लबको अध्यक्ष अष्ठ श्रेष्ठले बताए । महोत्सबभर राष्टिया कलकार देखि स्थानिय कलकारहरुले मनोरन्जनमुलक सस्कृतिक कार्यक्रम प्रस्तुतगर्ने कार्यक्रम रहेको अध्यक्ष अष्ठ श्रेष्ठले बताए ।