ब्याग उद्योग संघको अध्यक्षमा बजगार्इ

0
Shares

काठमाडौं । नेपाल ब्याग उद्योग संघको अध्यक्षमा वीरबहादुर बजगाई सर्वसम्मत भएका छन् । संघको शनिबार सम्पन्न पाँचौं अधिवेशनले बजगार्इलाई अध्यक्ष छानेको हो ।

संघको उपाध्यक्षमा राजु महर्जन, महासचिवमा केशवबहादुर घिमिरे, सचिवमा निरोजप्रसाद ढुंगाना र कोषाध्यक्षमा गोविन्दकुमार ढुंगाना चयन भएका छन् ।

सदस्यमा सञ्जय पोद्दार, मुकुन्दप्रसाद थपलिया, किसनप्रसाद तिमल्सिना, कंकिश जैन, जीतेन्द्रमणि अधिकारी, दीपकप्रसाद न्यौपाने, संदिप सरावगी, रामेश्वर अधिकारी, मन्दिप बजिमय, हबिव शेख, ज्ञानकाजी महर्जन र लोकनाथ सिग्देल छानिएका छन्। संघको कार्यकाल कार्यकाल तीन वर्षको हुनेछ ।