पाक प्रधानमन्त्री अब्बासी अफगानिस्तानको भ्रमणमा

0
Shares

इस्लामाबाद (एजेन्सी)
पाकिस्तानका प्रधानमन्त्री साहिद खान अब्बासी शुक्रबार अफगानिस्तानको एक दिवशिय भ्रमणकात्र mममा राजधानी काबुल पुगेका छन्। दुई देशबीचको तनाब मत्थर पार्ने तथा तालिबानसँगको शान्तिवार्ता पुन जीवित पार्न हेतु अब्बासीको भ्रमण केन्द्रित रहेको बताइएकोछ।

अब्बासीलाई काबुलको राष्टपतिय भवनमा अफगान राष्टपति असरफ गानीले स्वागत गरेको र दुबैले सम्मानगारतको निरिक्षण गरेका थिए।

दुई नेताबीच शान्ति वार्ता तथा सिमा क्षेत्रको हिँसा र प्रतिआतंकवादका विषयमा छलफल भएपछि एक विज्ञप्ती जारी गरिएको छ। उनीहरूबीच सरणार्थी तथा पत्यार्पण, बन्दी सत्तापट्टा तथा शान्ति तथा ऐक्यबद्धताका लागि अफगान पाकिस्तान कार्य योजनाका विषयमा पनि छलफल भएको बताइएको छ।

यसैबीच पाकिस्तानले अफगानिस्तानको हवाई क्षेत्रको उलंघन र उसको सिमा क्षेत्रमा हवाई आक्रमणको आरोपलाई आधारहिन भएको बताउँदै अस्विकार गरेको छ। अफगान अधिकारीहरूले हवाई सिमा उलंघन भएको दावी गरेका थिए। त्यसैगरि कुनार प्रान्तमा पाकिस्तानको हवाई हमलामा ठुलो क्षति पुगेको बताएका थिए।

विदेश मन्त्रालयले जारी गरेको एक विज्ञप्तीमा पाकिस्तानी सुरक्षा बल आतंकवादी समुह विरुद्ध आतंकवाद विरोधी अभियानमा रहेको उल्लेख गरेको छ। अफगानिस्तानमा आश्रय लिएर बसेकाहरूले पाकिस्तानमा आक्रमण गरि ठुलो क्षति पुर्याइरहेको पनि विज्ञप्तीमा उल्लेख गरेको छ।