वासिङटन, (एजेन्सी)
अमेरिकाका राष्टपति डोनाल्ड ट्रम्पले पोर्न स्टार स्टर्मी डेनियल्सको मामिलामा मौनता तोडेको छ। ती पोर्न स्टारसँगको सम्बन्धको आरोपमा उनी विगत २ महिनादेखि मौन रहेका थिए।
यसबीच उनका निजी वकिलले पोर्न स्टारलाइ आफनो खल्तीबाट १ लाख ३० हजार डलर दिएको कुरा स्विकार गरेका थिए। तर यस विषयमा ट्रम्पलाई कुनै जानकारी थिएन।
सन् २०१६ को चुनाव अगाडी उनका वकिलद्वारा गरिएको उक्त भुक्तानीका बारेमा सोधिएको प्रश्नको जवाफमा ट्रम्पले आफुलाई थाहा नभएको बताए। टर्मी डेनियल्सको वास्तविक नाम स्टेफनी क्लिफोर्ड हो। एक दशक भन्दा अगाडी ट्रम्पसँगको सम्बन्धलाई लुकाउन उनलाई धनरासी दिएको उनले दावी गरेकी थिइन्।
लामो समय पछि ट्रम्पका निजी वकिल माइकल कोहेनले उक्त भुक्तानी गरको कुरा स्विकार गरेका थिए। तर उनले उक्त धनरासी केका लागि दिएको हो भन्ने विषयमा बताएका थिएन। उनले क्लिफोर्डमाथि उक्त सम्बन्ध खुलासा गरेर एक सम्झौता उलंघन गरेको आरोप पनि लगाएका थिए।











प्रतिक्रिया