दक्षिण कोरियाका पुर्व राष्ट्रपति पार्कलाई २४ वर्ष कैद

0
Shares

अदालतबाट प्रत्यक्ष प्रशारण , पार्क अनुपस्थित

सोल,(एजेन्सी)
दक्षिण कोरियाका पुर्व राष्ट्रपति पार्क गेयुन ह्येलाई पदिय अधिकार दुरूपयोग गरेको अभियोगमा अदालतले २४ वर्षिय लामो कारवास संजाय सुनाएको छ। उनी विरुद्धको अदालती कारवाहीको टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको हो। भ्रष्टाचारकै अभियोगमा ससदमा पेश गरिएको महाभियोगको कारण पार्कले राष्ट्रपति पद गुमाउन पुगेकी थिइन्।

उक्त काण्डको कारण दक्षिण कोरियाली जनताको राजनीतिक र उद्योग व्यापार विरुद्ध तिव्र आक्रोस उत्पन्न भएको थियो। अन्य थुप्रै भ्रष्टाचारको अभियोग पनि लगाइएका पार्कलाई एक करोड सत्तरी लाख अमेरिकी डलर जरिवाना पनि तोकिएको छ।

तर हिजो मुद्धाको निर्णय सुनाइँदा पार्क अदालतमा उपस्थित भएकी थिइन। आफु विरुद्धको मुद्धाका सुनुवाईहरू बहिष्कार गर्दै आएकी पार्कले अदालतलाइृ आफु विरुद्ध पुर्वाग्रही भएको आरोप लगाउने गरेकीछिन्। आफु विरुद्धका सम्पुणृ अभियोग अस्विकार गर्दै आएकी उनले यस निर्णय विरुद्ध उच्च अदालतमा अपिल गर्ने धारणा पत्रकारहरू समक्ष व्यक्त गरेकीछिन्।

निर्णय सुनाउने क्रममा न्यायधिश किम से युनले भनेका छन् , ‘ आफ्नो कारण राष्ट्रमा त्यत्रो सम्या देखापरेपनि किमले पश्चातापको कुनै संकेत देखाएकी छैन। यस मामिलामा हामीले केहि सहयोग गर्न सक्दैनौं। त्यसैले उनलाई नै पुर्ण जिम्मेवार ठहराइनु पर्दछ। ’

सो अदालती निषृय सार्वजनिक भए लगत्तै दक्ष्ँिण कोरियाको राष्ट्रपति भन ब्ल्यु हाउसले एक विज्ञप्ति जारी गर्दै यो राष्ट्रका लागि निकै दुखान्त घटना भएको र सम्झिन लायक नभएको यो इतिहास पुन नदोहरिउन भनी जनाएको छ। दक्षिण कोरियाको इतिहासमै पहिलो पटक अदालती कारवही टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको हो। पार्क १८ वटा अभियो मध्ये १६ वटामा दोषि करार भएकीछिन्। अदालतले सामुसुंग कमपनी र रिटेल चेन लोट्टेसंग आफ्ना संस्थाहरूका लागि लाखौं अमेरिकी डलर सहयोग लिने पार्ककी निकतटम सहयोगी चोइसुन सिलसंग पनि उनको अवैध मिलोमतो रहेको अदालतले जनाएको छ।

यसैगरी पार्कलाई चोइका संस्थाहरूलाई फाइदा हुने सम्झौताहरमा हस्ताक्षर गर्न र चोइ र उनकी पुत्रीलाइृ उपहारहरू प्रदान गर्न वयापारिक कमपनीहरू माथि दवाव दिने गरेको अभियोग पनि लगाइएको थियो।

यसैबिच पार्कलाई राष्ट्रपतिको गोप्य दस्तावेजहरू चोइ समक्ष चुहावट गर्ने गरेको अभियोगमा पनि दोषि ठहर्याइएको छ। किमसंग यस निर्णय विरुद्ध अपिल गर्ने सात दिनको म्याद रहेको छ। चोई दक्षिण कोरियाकै पहिलो महिला राष्ट्रपति पार्ककी बाल्यकालकी मित्र हुन ्।