पुर्व राष्ट्रपति जुमा विरुद्ध भ्रष्टाचार अभियोग

0
Shares

जोहान्नेसवर्ग,(एजेन्सी)

दक्षिण अफ्रिकाका पुर्व राष्ट्रपति ज्याकोव जुमा विरुद्ध शुक्रवार सन् १९९० को हातहतियार सम्झौतामा भ्रष्टाचार गरेको अभियोग लगाइएको छ। हिजो बिहान पचहत्तर वर्षिय जुमा पन्ध्र मिनेट दर्वान स्थित उच्च अदालतमा उपस्थित भएक थिए।

यो मुद्धा आगामी ८ जुन सम्मका लागि मुल्तबीमा राखिएको छ। उनी विरुद्ध सांगठनिक अपराध , जालसाजी र मुद«ा अपचलन लगायतका १६ वटा अभियोग लगाइएको छ। यिनै अभियोगको कारण राष्ट्रपति पद गुमाएका उनी सन् २०१६ मा पुन सत्तामा आएका हुन्। तर उनले आफुबाट कुनै पनि गल्ती नभएको अडान दोहर्याउँदै आएका छन्। उनका समर्थकहरूले उनको पक्षमा सडकमा र्यालीको आयोजना गरेका छन्। तर उनका विरोधिहरूले अदालतले कारवाहीमा ढिलासुस्ती गरिरहेको आरोप लगाएका छन्।

जुमाले जुलुमा आफ्ना समर्थकहरूलाई भनेका छन् , ‘ यसरी कसैलाई अपराधको अभियोग लगाउने गरेको मैले कहिंपनि देखेको छैन। सफाई पाइसकेको अभियोग वर्षौंपछि पुन लगाइनु भनेको राजनीतिक षडयन्त्र बाहेक केहि पनि होइन।

’यति भनिसकेपछि जुमा आफ्ना समर्थहरूसंग सडकमा नाच्दै गाएका थिए। सन् १९९९ मा जुमा प्रान्तिय मन्त्रीबाट उप राष्ट्रपति बन्दा हातहतियार सम्झौता गरेका थिए। उनलाई आफ्नो आर्थिक सल्लाहकार मार्फत फ्रेन्च हतियार निर्माण कम्पनी थालेसबाट घुस स्विकारेको अभियोग लगाइएको थियो। उनका सल्लाहकार सहविर शेखलाई घुस मागेको अभियोगमा सन् २००५ मा नै कारावास संजाय भएको थियो। सन् २००९ मा जुमाले राष्ट्रपतिय चुनावमा उढ्नु केहि समय अघि उन िविरुद्धको अभियोग फिर्ता लिइएको थियो।