प्रधानमन्त्री ओलीलाई दिल्लीमा गार्ड अफ अनर प्रदान

0
Shares

नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलले नयाँ दिल्लीमा गार्ड अफ अनर ग्रहण गरेका छन् ।

नयाँ दिल्लीको राष्ट्रपति भवन परिसरमा ओलीलाई भारत सरकारको तर्फबाट सम्मानस्वरुप गार्ड अफ अनर प्रदान गरिएको हो ।विशिष्ट पाहुनाहरुको सम्मानमा गार्ड अफ अनर प्रदान गर्ने प्रचलन छ ।

गार्ड अफ अनर ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले महात्मा गान्धीको समाधीस्थलमा पुगेर माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

यसका साथसाथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र ओलीबीच औपचारिक वार्ता हुनेछ । वार्तापछि नेपाल–भारतबीच केही आर्थिक विषयमा सम्झौता हुने कार्यक्रम छ। त्यसअघि नै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री ओलीसँग भेटने कार्यक्रम छ।

औपचारिक वार्तापछि प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन्।