तीन दर्जन सचिवको सरुवा

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
सरकार परिर्वतसँगै कर्मचारी हेरफेर गर्ने क्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि निरन्तरता दिनुभएको छ।

प्रधानमन्त्री ओली भारत भ्रमण जानुअघि बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरेको हो। फागुन ३ गते गठन भएको केपी शर्मा ओली नेतृत्वको सरकारले पहिलोपटक सचिव सरुवा गरेको हो। सरुवा हुनेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तीन जना रहेका छन्।

प्रधानमन्त्री कार्यालयका सचिव प्रेमकुमार राईलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। त्यसै गरी प्रधानमन्त्री कार्यालयकै महेन्द्रमान गुरुङ सूचना, सञ्चार तथा प्रविधि मन्त्रालय, प्रधानमन्त्री कार्यालयका अर्का सचिव शरदचन्द्र पौडेललाई योजना आयोगमा सरुवा गरिएको छ। कार्यालयकै अर्का सचिव कृष्णराज बिसी खानेपानी मन्त्रालयमा सरुवा हुनुभएको छ।

प्रधानमन्त्री कार्यालयमा सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयका केदारबहादुर अधिकारी, श्रम मन्त्रालयका लक्ष्मणप्रसाद मैनाली र उपराष्ट्रपति कार्यालयका लालशंकर घिमिरेलाई ल्याइएको छ। अख्तियारमा रहेका राजन खनाललाई अर्थ मन्त्रालयमा ल्याइएको छ। त्यसै गरी अर्थसचिव शंकरप्रसाद अधिकारीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ। राष्ट्रपति कार्यालयका भूपेन्द्रप्रसाद पौडेललाई बेपत्ता छानविन आयोगमा सरुवा गरिएको छ।

वन मन्त्रालयका युवकध्वज जिसी कृषि मन्त्रालयमा, पशुपक्षी मन्त्रलायका विश्वनाथ ओली वन मन्त्रालय र खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई विज्ञान मन्त्रालयमा सरुवा गरिएको छ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्की नेपाल ट्रस्टको कार्यालयमा, रक्षा सचिव विनोद केसी राष्ट्रपति कार्यालयमा, वातावरण मन्त्रालयका सचिव प्रकाश माथेमालाई पशुपक्षी मन्त्रालयमा लगिएको छ। शिक्षा सचिव मधु रेग्मी सार्वजनिक खरिद कार्यालयमा, युवा तथा खेलकुद मन्त्रालयका महेशप्रसाद दाहाल श्रम मन्त्रालयमा, विज्ञान मन्त्रालयका सचिव सञ्जय शर्मालाई सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ।
वाणिज्य सचिव चन्द्रकुमार घिमिरेलाई यथावत् राखिएको छ।

आपूर्ति सचिव अनिल ठाकुरलाई महिला आयोगमा ल्याइएको छ भने उद्योग सचिवमा यामकुमारी खतिवडा यथावत् राखिएको छ।

भूमि तथा सहकारी सचिव गोपीनाथ मैनाली, शहरी विकासका दीपेन्द्रनाथ शर्मा, ऊर्जा मन्त्रलायका अनुपकुमार उपाध्याय र महिला बालबालिका मन्त्रालयका ङइन्द्रप्रसाद उपाध्याय यथावत् राखिएको छ। संस्कृति सचिव कृष्णप्रसाद देवकोटा र संघीय मामिला मन्त्रालयका सचिव दिनेश थपलिया र सामान्य प्रशासनका शंकरप्रसाद कोइरालालाई पनि यथावत् राखिएको छ।