घोडाघोडी नगरपालिकाका मेयरलाई आक्रमण गर्नेहरू धरौटीमा छुटे

0
Shares

कैलाली । घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि गर्नेहरू धरौटीमा छुटेका छन् ।

अाक्रमणाकारीलार्इ जिल्ला अदालतले धरौटीमा छोड्न आदेशपछि  घोडाघोडीकै भरतबहादुर शाह र कमल क्षेत्री, टीकापुरका हृदयराज बोगटी र लम्कीचुहा नगरपालिकाका नरेन्द्र विक रिहा भएका  हुन् ।

नगरप्रमुख चौधरीमाथि आक्रमण गर्ने ४ जनालाई अदालतले विहीबार जनही ४५ हजार धरौटीमा छोड्न आदेश दिएको हो । घटनामा संलग्न धनगढी उपमहानगरपालिकाका पूर्णप्रसाद खनाल भने साधारण तारेखमा रिहा भएका छन् ।

उनीहरुले फागुन २८ गते साँझ नगरप्रमुख चोधरीमाथि आक्रमण गरेका थिए । नगरप्रमुख चौधरीको काठमाडौंमा उपचार भइरहेको छ ।