वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ राष्ट्रको दक्षिणी सिमानामा नेसनल गार्ड परिचालनका लागि अधिकार प्रदान गर्ने घोषणापत्रमा हस्ताक्षर गरेका छन्। ट्रम्पको यस आकस्मिक कदमबारे राष्ट्रपति भवन ह्वाइट हाउसमा बोल्ने क्रममा गृह सुरक्षा मन्त्री किस्र्टजेन निल्सेनले ट्रम्पको यस सीमा सुरक्षा घोषणाको कारण आफूले सेनालाई दक्षिणी सिमानमा मदत गर्न आदेश दिने जानकारी दिएका छन्।
तर उनले यस कार्यक्रमका लागि परिचालन हुने सेनाको आकार, क्षमता र खर्चबारे विस्तृत विवरण दिन भने अस्वीकार गरेका छन्। ट्रम्प अमेरिकी फौजलाई मेक्सिकोसँगको सीमा रक्षाका लागि परिचालन गर्न चाहन्छन्। साथै उनी सो सीमा क्षेत्रमा अग्लो पर्खाल निर्माण गर्न पनि चाहन्छन्।
निल्सेनले सरकारले सीमा क्षेत्रको सैनिक अखडाहरूमा सेनालाई पर्खाल निर्माणमा लगाउने विकल्प सोचिरहेको जानकारी दिएका छन्। यस विषयमा रक्षा विभाग र गृह सुरक्षा विभागले मिलेर काम गर्ने बताइएको छ।
प्रतिक्रिया