अफ्रिकामा विशाल चिरा, महादेश टुक्रिन सक्ने

0
Shares

वासिङ्टन, (एजेन्सी)
अफ्रिकी मुलुक केन्याको पश्चिम इलाकाको जमिनमा करिब रातभरिमा ५० फिट गहिरो विशाल चिरा परेको छ। उक्त चिरा ६५ फिटसम्म चौडा रहेको र कयौं किलोमिटर लामो रहेको बताइएको छ।

चिराका कारण राजधानी नैरोबी–नारोक जोड्ने राजमार्ग जोखिममा परेको बताइएको छ। वैज्ञानिकहरूले उक्त चिराको अध्ययनपछि यसलाई भौगर्विक गतिविधिको नतिजाका रूपमा लिएका छन्। एरिजोनाका वैज्ञानिकहरूले उक्त चिरा पृथ्वीको टेक्टोनिक प्लेटको हलचलबाट बनेको विश्वास गरेका छन्। यो चिरा लगातार बढ्ने क्रम जारी छ।

पृथ्वी सधैं परिवर्तन भइरहने ग्रह हो। यद्यपि केही परिवर्तन हामीले थाहा पाइरहेकै हुँदैनौं। जस्तो प्लेट टेक्टोनिकमा हुने निरन्तर परिवर्तनको हामीलाई ज्ञात नै हुँदैन। यो पछिल्लो भौगर्विक घटनाले फेरि एकपटक अफ्रिकी महाद्विपलाई २ भागमा विभाजन गर्न सक्छ भन्ने प्रश्न उब्जाएको छ। पृथ्वीको लिथोस्फेयर कयौं टेक्टोनिक प्लेटस्मा विभाजित भएका छन्।

ती प्लेटहरू स्थिर छैनन्। पृथ्वीको विभिन्न पत्रमध्येको सबैभन्दा माथिल्लो तह एस्थोनोस्फेयरमा बनेका यी प्लेट टेक्टोनिक फरकफरक गतिमा हलचल गरिरहेका छन्। यो हलचलको पछाडि कुन मेकानिज्मले काम गरिहेको छ भन्ने विषय अझै पनि बहसको मुद्दा बनिरहेको छ।

तर वैज्ञानिकहरू केन्याको आसपास देखिएको नयँँ चिराले अफ्रिकालाई पुनः एक पटक टुक्र्याउन सक्ने विचारमा करिब एकमत छन्। प्लेटहरूको हलचलबाट उत्पन्न हुने उर्जाले जमिनमा चिरा ल्याउने गर्छ र नयाँ प्लेटको सिमा तयार पार्छ। पुर्वी अफ्रिकन रिफ्ट त्यसको उदाहरण भएको वैज्ञानिकहरूले बताएका छन् ,जहाँ हालै मात्र उक्त चिरा देखा परेको हो।
पूर्वी अफ्रिकन रिफ्ट भ्याली उत्तरमा अडेन खाडीबाट दक्षिणमा जिम्बावेसम्म ३ हजार किलोमिटरभन्दा धेरै दुरीमा फैलिएको छ। यो हिस्सामा अफ्रिकन प्लेट २ असमान भाग सोमाली र निबियन प्लेटमा विभाजित छ।

अर्बौं वर्षअगाडि हालको उत्तर तथा दक्षिण अमेरिका, अफ्रिका र एसिया तथा युरोप एक आपसमा जोडिएका तर पछि विस्तारै ती महादेश एक आपसबाट अलग्गिँदै गएको हो भन्ने वैज्ञानिक सिद्धान्त रहेको छ। दक्षिण अमेरिका र भारत उपमहाद्विपजस्ता भूगोल अफ्रिकी भूमिबाटै सर्दै ऊ बाट टाढिएका हुन् भन्ने मान्यता रहेको छ।