काठमाडौं । प्रधानमन्त्री के।पी ओलीले भारत भ्रमणमा सन् १९५० को सन्धी परिमार्जन बारे कुरा उठाउने बताउनु भएको छ ।
‘कसै कसैलाई सन् १९५० को सन्धीको उठाउन पनि पाप को कि जस्तो लाग्छ तर मैले यसपटकको भ्रमणमा त्यो कुरा उठाउँछु । त्यसको लागि नेपाल भारत प्रबुद्ध समूहले विभिन्न छलफल गरेका छन् ।’
प्रधानमन्त्री ओलीले भ्रमण बारे संसदलाई जानका गराउँदै देशहितको पक्षमा मात्र निर्णय गर्ने प्रतिवद्धता जनाउनु भएको छ ‘देशको शिर निहुरिने, देशलाई लज्जाबोध हुने, देशलाई नोक्शान हुने कुनै काम गर्दिन’ उहाँले भन्नुभयो, ‘देशको हित हुने, शिर ठाडो हुने निर्णय र कार्य मात्र गर्नेछु ।
प्रधानमन्त्री ओलीले छिमेकीसँग मित्रवत सम्बन्ध रहेको उल्लेख गर्नु भयो । ‘हाम्रो विदेश नीतिको प्रस्थान बिन्दु के हो भनेर कसैले सोध्यो भने , मैले एक शब्दैमै भन्छु, मित्रता’ उहाँले भन्नुभयो, ‘मित्रता पारस्पारिक सहयोगमा आधारित हुनेछ । दुबै छिमेकीसँग सम्बन्ध अत्यन्तै राम्रो छ । आगामी दिनमा अझै राम्रो हुनेछ ।’
प्रधानमन्त्री ओलीले भारतसँगको सम्बन्ध अत्यन्तै सुमधुर र मैत्रीपूर्ण रहेको उल्लेख गर्नुभयो। ‘यो सम्बन्धलाई कसै कसैले बिगार्न नखोजेका होइन’ उहाँले भन्नुभयो, ‘अझै पनि बिगार्न खोज्दैछन् । तर दुई देशको सम्बन्ध अब कसैले बिगार्न सक्दैन । सम्बन्ध अब झन् प्रगाढ हुँदै जान्छ ।
प्रधानमन्त्री ओलीले संविधान पूर्ण रुपमा कार्यान्वयन भएको बताउनु भएको छ । ‘राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र राष्ट्रियसभाको अध्यक्ष उपाध्यक्ष चुनिएपछि संविधान पूर्ण रुपमा कार्यान्वयन भएको छ, उहाँले भन्नुभयो , ‘समनजलाई मजबुद्ध बनाउँदै अब हामी मुलुकको समृद्धि र विकास तर्फ अगाडि बढ्नु परेको छ । समृद्धिको लागि मुलुको विकास हुनैपर्छ र विकासको लागि भ्रष्टाचार नियन्त्रण हुनै पर्छ । सरकारले सुशासन, पारदर्शीता र विकासतर्फका यात्रा अगाडि बढाउँछ ।’
प्रधानमन्त्री ओली प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस लगायत विपक्षमा रहेका दललाई सरकारले जारी गरेको श्वतपत्रलाई गलत रुपमा नलिन आग्रह गर्नुभयो । ‘सरकारले श्वतपत्र ल्याएपछि कतिपय आत्तिएका छन्, छट्पट्एिका छन्’ उहाँले भन्नुभयो, ‘कतिपयले पत्रमा गर्न सक्ने कुरा उल्लेख गर्यो भनेर निराशा व्यक्त गरेका छन् । श्वतपत्र निराशापत्र पत्र होइन ।’
प्रधानमन्त्री ओलीले भूकम्पपपीडितको छिट्टै व्यवस्थापन गरिने प्रष्ट्याउनु भयो । ‘सुत्केरी र बालबालिका चिसो टहरामा बस्न नपरोस्’ उहाँले भन्नु भयो, भूकम्पपीडिको व्यवस्थापन तदारुकताका साथ हुनुपर्छ ।











प्रतिक्रिया