बौद्धनाथ क्षेत्र विकास समिति भित्रको आरोप–प्रत्यारोप उत्कर्षमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
बौद्धनाथ क्षेत्रको सामाजिक, आर्थिक, धार्मिक र सास्कृतिक विकास गर्न गठित बौद्धनाथ क्षेत्र विकास समिति भित्रको आरोप–प्रत्यारोप चरम उत्कर्षमा पुगेको छ । कार्यसमिति भित्रका अध्यक्ष तथा सदस्यहरु वीचको मतभिन्नता छताछुल्ल भए संगै एकले अर्कोलाई अनियमितता गरेको आरोप लगाउन थालिएको छ ।

यो समितिभित्र अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग आयोग देखि तालुक अड्डा पर्यटन मन्त्रालय सम्म उजुरी परेको छ भने कार्यसमितिका जिम्मेवार व्यक्तिमाथि ज्यान मार्ने उद्योग तथा अपहरण, शरिर बन्धक जस्ता गम्भिर अपराध गरेको आरोप समेत लागेको छ ।

समितिका सदस्यहरुले अध्यक्ष राजकुमार लामाले आर्थिक अनियमितता गरेको भन्दै अख्यियार दुरुपयोग अनुसन्धान आयोग र तालुक अड्डा संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयमा उजुरी दिएको बताएका छन् । अध्यक्ष लामाले भने यी सबै आरोप झुटो भएको भन्दै केहि सदस्यहरु अनियमितता गर्न नपाएर लाञ्छना मात्रै लगाएको दाबी गरेका छन् ।

केहि दिन अघि अध्यक्ष लामाले समितिका कर्मचारी अर्जुन भन्ने टासिकुमार लामालाई अपहरण गरि बकपत्र गराएको आरोप लागेको समेत लगाएका छन् । यस विषयमा पिडित भनिएका लामालाई सम्पर्क गर्दा केहि कुरा बताउन चाहेनन । यस बारेमा अध्यक्ष लामाले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार टासिंकुमारले काउण्टरको रकम हिनाविना गरेकोले अख्तियार र प्रहरीको सिआइबि टोलिले अनुसन्धान गरेको हो ।

दैनिक डेढ÷दुई लाख रुपैया उठ्ने गरेको काउण्टमा सुपरभाइजर टासिकुमारले सदस्यहरु विसन कुमार लामा, मनोज लामा र मंगलसिंह वललाई समेत बाढ्ने गरेको आरोप अध्यक्ष लामाले लगाउनु भएको छ । उहाले नेपाल समाचारपत्रसंग कुरा गर्दै अवैध रुपमा पैशा खान नपाएर आफु विरुद्ध केहि सदस्यहरु लागिपरेको बताउनु भएको छ ।

कार्यसमिति सदस्य विसान कुमार लामाले भने अध्यक्षमाथि व्यापक आर्थिक अनियमितता गरेका, कार्यसमितिको निर्णय विपरित स्वच्छाचारी ढंगले काम गरेको, विदेशी अनुदानको पारदर्शीता नगरेको जस्ता आरोप लागेको बताउनु भएको छ । साथै अध्यक्ष लामाले ब्याक डेट राखेर आफ्नो नजिकको मान्छेको संस्थालाई १२ लाख रुपैया दिएको आरोप समेत लागेको छ ।

बौद्धनाथ क्षेत्र विकास समितिका कर्मचारी टासीकुमार लामाको अपहरण तथा शरिर बन्धक बनाई अध्यक्ष लामाले जवरजस्ती फलानो फलानो लाई पैशा दिएको भनि कागज गराएको भन्दै सदस्यहरुले अध्यक्षको कार्यशैली प्रति असन्तुष्टि जनाएका छन् । अध्यक्षले एकाधिकार प्रयोग गरेको, स्वच्छाचारी ढंगले काम गरेको बारे छानविन प्रतिवेदन आउनु पुर्व नै कर्मचारीलाई अपहरण गरि कागज गराएको भन्दै टासीकुमारलाई अख्तियार र प्रहरीले अनुसन्धान गरेको भन्ने अध्यक्षको भनाईलाई खण्डन गरेका छन् ।

अध्यक्ष लामाले अपहरण गरेको बारे पिडित कर्मचारीले प्रहरीलाई जाहेरी दरखास्त दिन गएपनि प्रहरीले उक्त उजुरी दर्ता नगरेको बताइएको छ । ‘प्रहरीलाई जाहेरी दिन हामि पनि संगै गएका थियौं, पिडितले डिएसपीकै अगाडी रुदै सबै कुरा भन्नुभएको थियो’ सदस्य विसान कुमारले भन्नुभयो– अहिले उक्त उजुरी दर्ता भएको छैन भन्ने सुन्दा अचम्म लागिरछ । अध्यक्ष लामाले भने प्रहरीलाई सबै बास्तविकता थाहा भएकोले उनिहरुको झुटो उजुरी दर्ता नभएको बताउनु भएको छ ।

बौद्धनाथ क्षेत्र विकास समितिको पौष अन्तिम साता बसेको कार्यसमिति बैठकले माघ महिना देखि अध्यक्ष लामाले मासिक ४५ हजार रुपैया लिने निर्णय भएपनि अध्यक्षले ब्याक डेट राखेर गत भदौ देखिनै मासिक ४५ हजार रुपैया लिएको सदस्य बिसान कुमार लामाले नेपाल समाचारपत्रलाई जानकारी दिनुभएको छ । पौष अनितम सात बसेको बैठकले कार्यसमिति सदस्य हिराकाजीले २५ हजार, मंगल सिंहले २५ हजार लिने र छुट्टै उपसमितिमा रहेका अध्यक्षको आफन्त पर्ने नविन लामालाई पनि मासिक २५ हजार दिने निर्णय भएको सदस्य विसानकुमारले बताउनु भएको छ ।

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्षले गरेको अनियमितता बारे छानविन गर्न मन्त्रालयले गठन गरेको टोलिले छानविन पुरा गरि प्रतिवेदन तयार पारिसकेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । सञ्चालक समितिका एक सदस्यका अनुसार उक्त प्रतिवेदनमा मुख्य गरि अध्यक्ष लामाले विदेशी अनुदान लिदा नेपाल सरकारको पुर्व स्वीकृति लिनुपर्ने व्यवस्थाको उलंघन गरेको पाइएको छ । चाइनिज दुतावबासले दिएको भनिएको गाडी नगद आएर किनिएको हो की जिन्सि नै दिएको हो ? मन्दिर भित्र अनुदानमा बत्ति जडान भनिएको नगदमा रकम आएको हो की सामान आएको हो जस्ता कुरा कार्यसमिति सदस्यहरुले थाहा नभएको जनाएका छन् ।

बौद्धनाथ क्षेत्र विकास समिति भित्रको आरोप प्रत्यारोप सार्वजनीक हुन थालेपछि ६ वर्ष अघि प्रहरीमाथि आक्रमण गरिएको विषयले पनि चर्चा पाउन थालेको छ । ६ वर्ष अघि महानगरिय प्रहरि वृद्ध वौद्धका प्रहरीमाथि आाक्रमण गरेको भन्दै ज्यानमार्ने उद्योगमा मुद्धा चलेको थियो ।