काठमाडौं । पूर्व मन्त्री तथा नेकपा माआवादी केन्द्रका नेता अग्नि सापकोटाले सिन्धुपालचोकस्थित तातोपानी नाका बन्द हुँदा मुलुकलाई अर्बो घाटा भइरहेको बताउनु भएको छ ।
‘जुरे पहिरो र भूकम्पले सिन्धुपाल्चोकले ठूलो क्षति व्यहोर्नु पर्यो’ पूर्वमन्त्री सापकोटाल्े मंगलबार प्रतिनिधिसभामा भन्नुभयो, ‘भूकम्पकै कारण बन्द भएको चीनसँग जोड्ने तातोपानी नाका अहिलेसम्म खुल्न सकेको छैन । नाका बन्द हुँदा त्यहाँका हजारौको रोजी रोजी गुमेको छ । कयैन विस्थापित भएका छन् । नाका बन्द हुँदा अर्बो रुपैयाँ राजश्व घाटा भइरहेको छ ।’
पूर्वमन्त्री सापकोटाले नाका सुचारु गर्न चासो नलिएको बताउनु भयो । ‘नाका बन्द भएको ३ वर्ष बितिसक्दा पनि सरकार त्यसप्रति गम्भीर भएको देखिएन’ उहाँले भन्नुभयो, ‘नाका सुचारुको लागि नदि डाइभर्ड गर्न चीनले ३ अर्ब रुपैयाँ
दिएको थियो, त्यो रकम कहाँ गयो खोई ?’
पूर्वमन्त्री सापकोटाले ७ लाख ६७ हजार भूकम्पपीडित मध्ये अहिलेसम्म ७ सयले मात्र अनुदान पाएको बताउनु भयो । ‘यस्तो लाजमर्दो अरु केही हुनै सक्दैन’ उहाँले भन्नुभयो, भूकम्पपीडितको अनुदानमा खेलवाड नगरियोस् ।’











प्रतिक्रिया