मन्त्रिपरिषद बैठक: प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत

0
Shares

काठमाडाैँ । मंगलबार बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चैत २३ देखि २५ गते हुने भारत भ्रमण स्वीकृत गरेको छ ।

बैठकले प्रधानमन्त्री ओलीसँगै ३ जना मन्त्रीहरु भारत भ्रमणमा जाने टुंगो लगाएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद वाँस्कोटाले जानकारी दिनुभयाे ।

यस्तै आजको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४ र बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४ लाई संसदमा टेबुल गर्ने समेत निर्णय गरेको छ।

जिल्ला शिक्षा कार्यालय असार मसान्तसम्म कायम रहने भएकाे छ । जिल्ला सम्मन्वय समिति गठनसँगै खारेज हुने बताइएकाे छ ।