दाङ । घोराहीउपमहानगरपालिका–४ को पालुधान र रानीदमारमा अवैध रुपमा ढुंगा उत्खनन गरिरहेका एक स्काभेटरसहित १० ट्याक्टरलाई जिल्ला समन्वय समितिले नियन्त्रणमा लिएको छ । अनुगमन टोलीले आइतबार स्काभेटर र ट्याक्टरलाई नियन्त्रण गरेकाे हो ।
स्काभेटर र ट्याक्टरलाई जिल्ला समन्वय समितिमा राखिएको छ । नियन्त्रणमा लिएका स्काभेटर र ट्याक्टरलाई कारबाही अघि बढाएको समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बताउनुभयो ।
त्यो ठाउँमा ठेकेदार वसन्त कुँवरले अवैध रुपमा ढुंगा निकासी गर्ने गरेको स्थानीयवासीले बताएका छन् । ढुंगा उत्खननले गाउँमा जाने सडक भत्किएको छ । खोला समेत अनियन्त्रित भएको छ ।
प्रमुख जिल्ला अधिकारी अनुगमन समितिका संयोजक गजेन्द्रबहादुर श्रेष्ठले अवैध रुपमा भइरहेको ढुंगा उत्खनन कार्य रोक्ने प्रतिवद्धता जनाउनु भएको छ । ‘त्यो कार्यमा संलग्नलाई कारवाही गछौं’ उहाँले भन्नुभयो ।











प्रतिक्रिया