‘सफेद झुट नबोलौ, एकदिन सबै मर्नुपर्छ’

0
Shares

काठमाडौं । शेरबहादुर देउवा नेतृत्व सरकारका उपप्रधान तथा ऊर्जामन्त्रीसमेत रहनु भएका कमल थापाले भुकम्प पीडितलाई थप एक लाख दिने कुनै निर्णय नभएको भन्ने समाचार बाहिरिएपछि ट्विटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्नु भएको छ ।

उहाँले अहिलेको सरकारले गरेको दाबी गलत भएको बताउनु भएको हो । देउवा सरकारले १० माघमा भूकम्पपीडितलाई एक लाख थप अनुदान दिने निर्णय भएको बताएको थियो । तर, अहिले त्यो निर्णयको माइन्यूट नै नभएको बताइएको छ ।

मुख्यसचिव लोकदर्शन रेग्मीले घुमाउरो भाषामा त्यस्तो निर्णय नभएको संकेत गर्नुहुँदै भूकम्पपीडितका बारेमा निर्णय भएको हो भने, त्यो प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको वेवसाइटमै राखेको हुनुपर्ने स्पष्ट पार्नुभयो । गत माघको मन्त्रीपरिषद् बैठकपछि तत्कालीन सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले भूकम्पपीडित र बाढीपीडितलाई थप १ लाख रुपैयाँ अनुदान दिने निर्णय गरिएको बताउनु भएको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पनि भूकम्पपीडितलाई अनुदान रकम थप गर्ने विषयमा मन्त्रीपरिषद्ले निर्णय गरे नगरेको विषयमा आफूलाई जानकारी नभएको प्रष्टीकरण दिनु भएको छ ।