पोखरामा फेसबुक चलाउन नपाइने

0
Shares

कास्की । पोखरा लेखनाथ महानगरपालिकाको कार्यालय समयमा फेसबुक बन्द गरिएको छ ।

मोबाइल, ल्यापटप र डेस्कटपमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि प्रमुख मानबहादुर जिसीको निर्देशनमा कार्यालय समयमा फेसबुक बन्द गरिएको हो ।

बिहान १०ः१५ देखि ४ बजेसम्म महानगरको कार्यालयमा जोडिएको इन्टरनेटबाट फेसबुक नचल्ने बनाइएको सूचना प्रविधि अधिकृत अशोक द्वारेले जानकारी दिए ।