अप्रिललाई यौन दुव्र्यवहार जागरुकता महिना घोषणा

0
Shares

न्युयोर्क, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफ्रिकमलाई ‘राष्ट्रिय यौन शोषण जागरुकता महिना’को शुरुवातको घोषणा गरेको छ। राष्ट्रपति ट्रम्पले सनिबार उक्त अभियानको घोषणा गर्दैे केहीले यसलाई ‘अप्रिल फुल’ का रूपमा ठट्टामा उडाइरहेका थिए।

सीएनएनका अनुसार सन् २००१ देखि नै अप्रिललाई यौन शोषण जागरुक महिनाका रुपमा लिइने गरेको छ। यो महिनाभरि देशव्यापी यौन उत्पिडनसँग सम्बन्धित विभिन्न कार्यक्रमको आयोजना हुने गर्छ। यद्यपि सन् २०१० मा तात्कालीन राष्ट्रपति बाराक ओबामाले उक्त मुद्दामा सार्वजनिक घोषणा गरेका थिए। ट्रम्पले भने कार्यभार सम्हालेपछि यसको पालना गरेका छन्।

विगतमा १५ महिलाले लगाएको यौन उत्पिडनको आरोप साक्षात्कार गरेका ट्रम्पले उक्त विषयमा ह्वाइट हाउसको वेबसाइटमा एक विज्ञप्ती जारी गरेको हो। ट्रम्पले आफूमाथि लगाइएको सबै आरोप अस्विकार गरेका थिए।

विज्ञप्तीमा राष्ट्रिय यौन दुब्र्यवहार जागरुकता तथा रोकथाम महिनामा यौन हिंसाका अपराधलाई रोक्न आफ्नो प्रयासलाई तिव्रता दिन प्रतिबद्ध रहने उल्लेख गरको छ। पीडितका लागि उपचार उपलब्ध गराउने, कानुनको पालना गराउने, आक्रमणकारीलाई कठघरामा उभ्याउने र विभिन्न प्रकारका यौन दुब्र्यहारका बारेमा जागरुकता ल्याउने विज्ञप्तीमा जनाएको छ। ‘घर र समुदायमा स्वस्थ सम्बन्धलाई प्रवद्र्धन गर्न तथा यौन दुब्र्यवहार निर्मूल पार्न हामीले आफ्नो कार्य जारी राख्नुपर्छ।’ विज्ञप्तीमा उल्लेख गरेको छ।

ट्रम्पले उक्त घोषणा शुक्रबार वयस्क फिल्म स्टार स्टर्मी डेनियल र प्लेब्वोय प्लेयमेट केरेन म्याकडगलल २ फरक–फरक मुद्दा दायर गरेपछि आएको हो। उनीहरुले ट्रम्पको मेलानियासँगको विवाहपछिका १२ वर्ष अवधीको वैवाहिक जीवनभित्रै राष्ट्रपतिसँग सुतेको बताएका थिए।
जनताले सामाजिक सञ्जालमा ट्रम्पको उक्त घोषणालाई अनाठो मान्दै उक्त विषयमा उत्तरदायित्व बहन गर्नका लागि आह्वान गरेका छन्।