काठमाडौं, (नेस)
वीर अस्पतालस्थित ट्रमा सेन्टरको ६ तल्लामाथिबाट हामफाल्दा एक अमेरिकी नागरिकको मृत्यु भएको छ। नेपाल भ्रमणमा आएका जोन नाम गरेका ४५ वर्षीय अमेरिकी नागरिकलाई अध्यागमन विभागले ‘ओभर स्टे’ बसेको भन्दै केही दिनअघि नियन्त्रणमा लिएको बुझिएको छ। अस्पतालमा अध्यागमनले दिएको जानकारीअनुसार जोनले यही चैत १६ गते अध्यागमनको हिरासतमै आफ्नो घाँटी रेटेका कारण उनलाई ट्रमा सेन्टरमा उपचारका लागि लगिएको थियो।
जोनले अस्पतालमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई धकेल्दै बाहिर निस्केर हामफालेको प्रहरीले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको अस्पतालमा खटिएका प्रहरीले जनाएका छन्।
प्रतिक्रिया