खड्काको निधनमा ५ दिनसम्म शोक

0
Shares

काठमाडौं, (नेस)
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काको आइतबार हिन्दु परम्पराअनुसार पशुपति आर्यघाटमा अन्त्येष्टी गरियो। शुक्रबार भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको थियो।

यसैबीच नेता खड्काप्रति सम्मान प्रकट गर्दै कांग्रेसको आइतबार बसेको केन्द्रीय समिति बैठकले यही चैत २२ गतेसम्म ५ दिन औपचारिक काम नगर्ने निर्णय र ७ दिनसम्म केन्द्रलगायत पार्टी मातहतका सबै कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।

उक्त बैठकले १३औं दिनमा केन्द्र र सबै जिल्लामा शोकसभा आयोजना गर्ने निर्णय गरेको छ। खड्का कांग्रेसको पूर्वमहामन्त्रीसमेत हुनुहुन्थ्यो।