वीरगन्ज महानगरमा चल्यो डोजर

14
Shares

कृष्णउदास खनाल, वीरगन्ज
वर्षौंदेखि अवैध तरिकाले अतिक्रमण गरेर निर्माण गरिएका घर तथा टहरा भत्काउन वीरगन्ज महानगरपालिकाले शुरू गरेका छ। महानगरका नगरप्रमुख (मेयर) विजयकुमार सरावगीको निर्देशनमा आइतबार कार्यालयले महानगरपालिकाको वडा नम्बर ७ रेल्वे रोडमा अवैध तरिकाले निर्मित घर तथा टहरा भत्काउने कार्य शुरू गरेको हो। वीरगन्ज महानगरपालिका कार्यालयका वरिष्ठ अधिकृत सुमन श्रेष्ठ र मझौला एकीकृत शहरी वातावरणीय सुधार आयोजनाका पबन्धक शैलेन्द्र्र श्रेष्ठको संयुक्त नेतृत्वमा गएको टोलीले रेल्वे रोडस्थित दुर्गा हलको पश्चिमतर्फ रहेको खाली जग्गादेखि शिवशंकर मन्दिरसम्म अवैध तरिकाले अतिक्रमण गरेर निर्माण गरिएका घर तथा टहराहरू भत्काइएको छ।

महानगरपालिकाले पटक–पटक विभिन्न माध्यमबाट सूचना जारी गर्दै अतिक्रमित संरचनाहरू आफैं हटाउन आह्वान गर्दा पनि स्थानीयले नटेरेपछि महानगरपालिका कार्यालयले वडा प्रहरी कार्यालय विर्ताको सहयोगमा आफैं डोजर लगाई हटाएको वरिष्ठ अधिकृत सुमन श्रेष्ठले जानकारी दिए। मझौला एकीकृत शहरी वातावरणीय सुधार आयोजनाकाअन्तर्गत अन्डरग्राउन्ड नाला निर्माण गर्न ५० भन्दा बढी अतिक्रमित संरचना हटाइएको आयोजनाका प्रबन्धक शैलेन्द्र श्रेष्ठले बताए।