प्रहरीद्वारा सामान बरामद

0
Shares

भद्रपुर, (नेस)
झापामा तस्करी बढेसँगै सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाले सुर्ती तथा पेट्रालियम पदार्थ बरामद गरेको छ। सीमा सुरक्षा कार्यालय झापाबाट खटिएका सशस्त्र प्रहरी टोलीले भद्रपुर, ज्यामिरगढी र पाठामारीमा उक्त सामान बरामद गरेको हो। सशस्त्र प्रहरीले कचनकवल गाउँपालिकास्थित पाठामारी नाकाबाट १ सय लिटर डिजेल, ६० लिटर पेट्रोल भारततर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरेको जनाइएको छ। त्यस्तै मेचीनगर नगरपालिकास्थित ज्यामिरगढी नाकाबाट भारतबाट नेपालतर्फ भन्सार छलेर भित्त्याइएको फर्निचरमा प्रयोग हुने रंगका ड्रम बरामद गरेको छ। त्यसै गरी भद्रपुर ४ स्थित डागीबारी–आपगाछी नाकाबाट भन्सार छलेर नेपाल भित्त्याइएको ३ बोरा सुर्ती, प्याकेजिङ सुर्ती बरामद गरेको सीमा सुरक्षा कार्यालयले जनाएको छ।