हकिङको अन्तिम संस्कार कलेजनजिकै चर्चमा

0
Shares

लन्डन, (एजेन्सी)
महान् भौतिक तथा खगोल वैज्ञानिक स्टेफन हकिङको अन्तिम संस्कार क्याम्ब्रिज युनिभर्सिटी कलेजनजिकै एक चर्चमा हुने बताइएको छ। हकिङले क्याम्ब्रिज कलेजमा ५० वर्षभन्दा बढी समय प्राज्ञिक भएर बिताएका थिए। त्यसैले पनि उनको अन्तिम संस्कारका लागि उक्त स्थान चयन गरिएको बताइएको छ।

अन्तिम संस्कार अत्यन्तै निजीस्तरमा हुने बताइएको छ। विश्वको प्रख्यात वैज्ञानिक तथा लेखकमध्येका एक हकिङले मार्च १४ मा ७६ वर्षको उमेरमा क्याम्ब्रिजस्थित आफ्नै घरमा अन्तिम श्वास लिएका थिए। हकिङका सन्तानहरुको इच्छाअनुसार गन्विलमा युनिभर्सिटी अफ सेन्ट मेरी द ग्रेट र क्याम्ब्रिज युनिभर्सिटीको केयुस कलेजमा उनको अन्त्येष्टि कार्यक्रम निजीस्तरमा सम्पन्न गरिएको थियो।

विश्वका यी चर्चित वैज्ञानिकले ब्रह्माण्डको रहस्य खोजका लागि गणीतय प्रमाणहरु तयार गरेका थिए। उनको पछिल्लो सिद्धान्तले ‘बहु ब्रह्माण्ड’को उपस्थितिको प्रमाण खोज्न सकिने बताइएको छ। हकिङको जन्म इंग्ल्यान्डको अक्सफोर्डमा सन् १९४२ जनवरीमा भएको थियो। उनी जन्मेको दिन महान् खगोलशास्त्री ग्यालेलियोको ३ सय ३० पुण्यतिथि थियो।