८० प्रतिशत महिला शिक्षक यौनशोषणबाट पीडित

0
Shares

लन्डन, (एजेन्सी)
शिक्षास्तर सुधार्नका लागि काम गर्दै आइरहेको बेलायको एक संस्थाले हालै गरेको एक सर्वेक्षणले अत्यधिक महिला शिक्षक यौनशोषणको शिकार भएको खुलासा गरेको छ।

उक्त सर्वेक्षणमा करिब ८१ प्रतिशत शिक्षकको यौनशोषण भएको पाइएको छ। बेलायतको युनियन नासुवट (एनएएसयूडब्ल्यूटी)ले १ हजार २ सयभन्दा धेरै महिला शिक्षकमा उक्त सर्वेक्षण गरेको थियो। महिला शिक्षकले आफूमाथि भएका यौनशोषणका विषयमा खुलासा गरेका थिए। उनीहरुले आफू जबदेखि यो पेसामा आए, तबदेखि कुनै न कुनै रूपमा उत्पीडन सहनुपरेको बताए।

यद्यपि ५ प्रतिशत महिला शिक्षकले मात्र आफू करियरको शुरुआतमा यौन शोषण झेल्नुनपरेको बताएका थिए। यस सर्वेक्षणले शिक्षिका मात्र नभई कार्यरत अभिभावक र वरिष्ठ पदमा कार्यरत कर्मचारीले समेत कार्यस्थलमा आफूमाथि शोषण गरेको स्विकारेका छन्। तीमध्ये कयौंसँग आपत्तीजनक तस्वीर पनि थिए। नसुवटको सर्वेक्षणमा महिला शिक्षकहरूमाथि यौनजन्य अनुचित टिप्पणी गरिएको र कयौं घटनामा शिक्षकसँग यौनको माग गरिएको पाइएको छ। यसैहप्ता नेसनल एजुकेसन युनियनका एक नेताले आफ्ना सहपाठीले आपत्तीजनक तस्वीर खिच्न नसकून् भनेर अब केटीहरूले स्कुल स्कर्ट तल सर्ट्स लगाउन थालेको बताएका थिए।

यसमा छात्रामात्र नभई महिला शिक्षक पनि अछुत नभएको उनले बताए। उक्त संस्थाले बर्मिगममा आयोजित वार्षिक सम्मेलनमा एक शोध प्रतिवेदन प्रस्तुत गरेका थिए जसमा करिब ३ प्रतिशत महिला शिक्षकको आपत्तीजनक तस्वीर लिएको र भिडियो बनाइएको उल्लेख गरिएको छ।
एक शिक्षिकाले आफ्नै प्रमुखले नै यौनशोषण गरेको र फेरि उसैले अनर्गल कुरा प्रचार गरी हिँडेको खुलासा गरेकी थिइन्। जसले गर्दा उक्त शिक्षिकाको आफ्ना पतिसँग सम्बन्ध विच्छेद भएको थियो। प्रतिवेदनमा यौनशोषणका यी घटना अहिले पनि रोक्ने नाम नलिएको उल्लेख छ। तर दुःखको कुरा ती घटनामा कुनै ठोस कदम उठाउने प्रयास नभएको प्रतिवेदनमा जनाइएको छ।