हनुमन्ते सरसफाइ नौ गाडी फोहोर संकलन

0
Shares

भक्तपुर, (नेस)
भक्तपुरको हनुमन्ते नदी सरसफाइको पाँचौ हप्ता शनिबार भक्तपुरको हनुमानघाट क्षेत्र सरसफाइ गरिएको छ। भक्तपुरका इतिहासविद् एवं प्राध्यापक डा. पुरुषोत्तमलोचन श्रेष्ठको अगुवाइमा भएको सरसफाइमा नौ गाडी फोहोर संकलन गरी सफाइ गरिएको छ।

भक्तपुरका चारवटै नगरपालिका एवं स्थानीय संघसंस्था र व्यक्तिहरूको सहभागिता रहेको सरसफाइमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय जनप्रतिनिधिहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो।