सामूहिक हत्यामा दुई आमाको संलग्नता

0
Shares

लसएन्जेल्स, (एजेन्सी)
आफूहरूले धर्म सन्तान बनाएका ६ जनामध्ये कम्तीमा ३ जनालाई कारमा राखेर सोमबार आफूसहित उत्तरी कयालिफोर्नियाको पहाडबाट सम्भवत जानीजानी खसाल्ने अमेरिकाको वासिङ्टनका २ जना आमाविरुद्ध प्रहरीले बाल यौन उत्पीडनलाई लिएर अनुसन्धान गरिरहेको बुझिएको छ।

क्यालिफोर्निया राजमार्ग गस्ती प्रहरीले दुवै ३८ वर्षीया आमाद्वय साराह र जेनिफर हार्टलगायत तिनीहरूका तीन सन्तान १९ वर्षीय मार्किस, १४ वर्षीया जेरेमियाह र १४ वर्षीय अविगेलका लाश फेला परेको पुष्टि गरेको छ।

अन्य तीन जना सन्तान १६ वर्षीय हान्नाह, १२ वर्षीया सियर्रा र १५ वर्षीय डेभोन्टे भने अहिलेसम्म फेला पर्न सकेको छैनन्। तर प्रहरीले तिनीहरूले नियतवश कारलाई सडक छेउबाट खसालेको प्रमाण आफूहरूसँग नरहेको जनाएको छ।

ओरेगानियनस्थित साराह र जेनिफरका छिमेकीले तिनीहरूले बच्चाहरूलाई खाना नदिई सजाय दिने गरेको पटकपटक डभोन्टेले उजुरी गरेपछि तिनीहरूको घरमा बालबालिका संरक्षण निकायका अधिकारीहरू पुगेको बताएका छन्।