‘नविन सोचका साथ सेवामा तल्लिन बन्नुहोस’

0
Shares

बाँके । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले महिला तथा बालबालिकामाथि हिंसा हुन नदिने गरी नेपाल प्रहरीले अनुसन्धानको कामलाई अघि बढाएको बताउनु भएको छ ।

प्रहरी महानिरीक्षक अर्यालले नविन सोचका साथ सेवाग्राहीको सेवामा तल्लिन रहन पनि प्रहरी कर्मचारीलाई सचेत गराउनु भयो । शुक्रबार बाँकेमा महिला तथा बालबालिका सेवा केन्द्र भवनको उद्घाटन गर्दै उहाँले अझै उत्साह र उर्जाका साथ जनताको सेवामा समर्पित हुन पनि नेपाल प्रहरीलाई निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक अर्यालले महिला तथा बालिबालिकाविरुद्ध हुने हिंसामा लापरबाही गर्ने प्रहरी कर्मचारीलाई आफूले कडा कार्वाही गरेको पनि स्मरण गराउनु भयो ।

प्रहरी महानिरीक्षक अर्यालले सेवाग्राहीलाई अनुभूत हुने गरी काम गर्नु नेपाल प्रहरीको कर्तव्य भएको पनि बताउनु भयो ।