पपुवान्युगिनीमा ६.९ रेक्टरस्केलको भूकम्प, कम्तिमा सय जनाको मृत्यु

0
Shares

काठमाडौं । पपुवान्यूगिनीमा ६.९ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पले इन्गा राज्यमा कम्तिमा पनि एक सय जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

भूकम्पपछि आएको ठूलो पहिरोले गाउँ नै बगाएको छ । केही ठाउँमा अधिकारीहरुले भूकम्पपछि सुनामी आउने चेतावनी समेत दिएका छन् । यसअघि गएको फागुन १४ गतेको ७ दशमलव ५ रेक्टर स्केलको भूकम्पले थलिएको पपुवान्यूगिनीमा फेरि अर्को ठूलो भूकम्प गएको हो ।