किमको चीन भ्रमण सकारात्मक- अमेरिकी राष्ट्रपति ट्रम्प

0
Shares

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङको चीन भ्रमणलाई सकारात्मक रूपमा लिएका छन् । ट्रम्पले किमको भ्रमणले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाको काममा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको बताएका छन् ।

ट्रम्पले आफ्नो ट्वीटमा भनेका छन् – ‘यो राम्रो अवसर हो र किमले अब कोरियाली प्रायद्वीपमा के गर्दा आफ्ना जनता र मानवीयताका लागि ठीक हुन्छ भन्ने बारेमा बुझ्नुहुने छ र त्यही गर्नुहुने छ ।’

भ्रमण र चिनियाँ राष्ट्रपतिसँगको भेटवार्ताका बारेमा पनि सूचना पाएको र भेटवार्ता राम्रो भएको थाहा भएको पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले उल्लेख गरेका छन् ।

त्यसैगरी एक प्रेस ब्रिफिङ्का क्रममा ह्वाइट हाउसका प्रवक्ताले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका क्षेत्रमा पछिल्लो समयमा निकै राम्रो प्रगति हुँदै गएको जानकारी गराएका छन् । सिन्हा