‘नयाँ परिवर्तनले अग्रगामी विकासमा जान प्रेरित गरेको छ’



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलोपटक संघीय संसदमा संबोधन गरेकी छन् । राष्ट्रपति भण्डारीले मुलुक अब कुनै पनि बहानामा हिंसातर्फ होमिन नहुने बताएकी छन् । ४१ प्रतिशत महिला सहभागिताले उत्साहबोध गरेको बताउँदै राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ परिवर्तनले अग्रगामी विकासमा जान प्रेरित गरेको बताइन्।

राष्ट्रपतिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनको प्रति हस्तान्तरण गरेका थिए। राष्ट्रपतिलाई बग्गीमा राखेर संघीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र लगिएको थियो। राष्ट्रपतिले संसदमा सम्बोधन गर्दा उपराष्ट्रपति नन्दबहादुर पुन पनि उपस्थित थिए।

राष्ट्रपतिलाई प्रधानमन्त्री ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे, राष्ट्रिय सभाका उपाध्यक्ष र संसद सचिवालयका महासचिवले स्वागत गरेका छन्  ।

प्रतिक्रिया दिनुहोस्