शेयर बजार ओरालो लागेकोप्रति काँग्रेसको चिन्ता

0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी कार्यसमितिको बैठकमा शेयर बजार केही दिनदेखि नियमित ओरालो लागेको सम्बन्धमा छलफल भएको छ ।

बैठकमा केन्द्रीय सदस्य भीष्मराज आङदम्बेले स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन सम्पन्न भई मुलुकमा तुलनात्मक सहज राजनीतिक वातावरण बनेका बेला शेयर बजार नियमित ओरालो लाग्नु सुखद पक्ष भएको भनी टिप्पणी गरेका थिए ।