फेरि अर्कि १० वर्षीया वालिका बलात्कृत

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

पर्सामा फेरि अर्की बालिका बलात्कारको सिकार बन्न पुगेकि छन् । पर्साको बहुदरमाई नगरपालिकामा १० वर्षीया बालिकामाथि बलात्कार भएको हो ।

बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका ५ का २३ वर्षीय मणीभुषण पाण्डेलाई पक्राउ गरेको छ ।स्कुलबाट घर फर्किएर बाख्रा लिन जाँदा बालिकामाथि बालात्कार भएको थियो । पाण्डेले बाख्रा आफ्नो घरमा बाँधेर राखि बालिकालाई फुकाएर लान भनेर बोलाएका थिए ।

बालिका चिच्याएको आवाज सुनेर स्थानीय महिलाहरु घटना स्थलमा पुगेर बालिकाको उद्दार गरेर प्रहरीलाई खबर गरेका थिए ।त्यहाँबाट भागेका पाण्डेलाई डकैला प्रहरीले पक्राउ गरेको र पीडित बालिकाको नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ परिक्षण गरिएको पर्सा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले घटनाबारे अनुसन्धान भइरहेको बताए ।एक महिनाभित्र पर्साको पटेर्वा सुगौली गाउँपालिका र पर्सागढी नगरपालिमा समेत गरी ३ जना बालिकामाथि बलात्कारको घटना भएको छ ।