तीनसय लिटर घरेलु मदिरा नष्ट

0
Shares

नेपाल समाचारपत्र, झापा ।
बजारमा बिक्रीबितरणको लागि राखिएको ३ सय लिटर घरेलु मदिरा प्रहरीले बरामद गरि नष्ट गरको छ । झापाको दक्षीणी क्षेत्र कचनकवल ६ मा रहेको वनियानी बजारवाट प्रहरीले मदिरा बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय वनियानीको गस्ती टोलीले बुधबार दिउँसो बजारमा गरेको चेकजाँचको क्रममा घरेलु मदिरा बरामद गरिएको इलाकाका सई उदय शमशेर जवराले जनाए ।

टोलीले गरेको चेकजाँचमा २० वटा ग्यालिनमा राखिएको मदिरा बरामद गरि जनप्रतिनिधि,नागरिक समाज,व्यापारी ,प्रहरी लगायतको रोहवरमा इलाका कार्यालय परिसरमा नष्ट गरिएको सई जवराले जानकारी दिए ।