सिरियाको गुटाबाट १ लाख २८ हजार विस्थापित

0
Shares

सिरिया । हिंसाको कारण दमासकसदेखि पूर्वीक्षेत्रमा पर्ने गुटाबाट मात्र एक लाख २८ हजार बढी मानिस विस्थापित भएका छन्  विद्रोहीहरुको नियन्त्रणमा रहेकाले त्यो ठाउँ उनीहरुले छाडेका राज्यद्धारा संचालित समाचार संस्था सानाले जनाएको छ ।

सैन्य अधिकारीहरुलाई उद्धृत गर्दै सानाले संप्रेषण गरेको अनुसार ठूलो संख्यामा नागरिक विस्थापित भएका हुन्   सुरक्षाकर्मीहरुले घटनास्थलमा सुरक्षा कारबाही जारी राखको पनि समाचारमा उल्लेख गरिएको छ ।

पछिल्लो विवरण अनुसार मंगलबार मात्रै झण्डै ५ सय जना आमनागरिक गुटाबाट विस्थापित भएका छन् । उनीहरु गुटाबाट भागेर सरकारको नियन्त्रणमा रहेको वाफिडीन क्षेत्रमा पुगेका हुन् । वाफिडिन क्षेत्र राजधानी दमासकसदेखि उत्तरपूर्वी क्षेत्रमा पर्दछ ।

सिरियाली जिहादी समूहलाई आफ्नो कब्जामा राख्दै आएको इस्लामिक स्टेट्स आइएस समूहले राजधानी दमास्कसको दक्षिणी क्षेत्रमा सरकारी सेनामाथि आक्रमण गरेको छ ।

आइएस समूहले दमास्कस र प्यालेस्टिनी शिविर यारमुक, हजार अल–असाद तथा तादामुन क्षेत्रमा आफ्नो उपस्थिति देखाउँदै आएको छ ।
पूर्वी गुटा क्षेत्रबाट द्वन्द्वको भुमरीबाट बच्नकै लागि आमनागरिक विस्थापित हुनुपरेको हो ।

विद्रोहीको राम्रो आधारस्थलका रूपमा चिनिने गुटा क्षेत्रमा सरकारी फौजले विगत एक महिनायता चलाएको कारवाहीपछि ठूलो संख्यामा सर्वसाधारण पलायन भई सुरक्षितस्थलतर्फ गएको सिरियाली सेनालाई उद्धृत गर्दै सानाले जनाएको छ ।

सिरियाली राज्य सञ्चालित टेलिभिजनले पनि करिब ४ लाख जनसंख्या रहेको गुटाबाट विस्थापित हुनेहरुको संख्या बढी रहेको छ ।  विस्थापित सबैजना सिरियाली सेनाले मानवीय सहयोगका लागि खुला गरेको बाटोे प्रयोग गर्दै गुटाबाट बाहिरिएका विभिन्न सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सिन्ह्वा