रारा तालबाट प्रमले देशबासीका

0
Shares

नाममा सम्बोधन गर्ने
नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट वैशाख १ गते देशबासीका नाममा सम्बोधन गर्ने हुनुभएको छ। कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन वर्ष २०७५ को उद्घाटन गर्न रारा ताल जाने कार्यक्रम रहेकाले सोही स्थानबाट देशबासीलाई सम्बोधन गर्ने हुनुभएको हो।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को ७ महाअधिवेशनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो जानकारी दिनुभएको हो। ‘कर्णाली प्रदेशले आयोजना गरेको पयर्टन वर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘राराबाट यसपालि पर्यटनको बिगुल बजाइने छ।’ समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकाले त्यसको प्रवद्र्धनमा सबै क्षेत्र लाग्नुपर्नेमा प्रधानमन्त्रीको जोड छ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार अघिल्ला सरकारजस्तो नियमित नीति र गतिमा मात्र सञ्चालन नहुने बताउनुभएको छ। ‘यो सरकार भिन्न नीति र गतिमा सञ्चालन हुन्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘यो सरकारले नयाँ नेपाल बनाउँछ। केही वर्षमा मानिसहरूले नेपाललाई सिंगापुर र स्विटजरल्यान्डजस्तो भन्नेछन्।’

प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनताको सेवक भएकाले कसैलाई दमन नगर्ने बताउनुभएको छ। तर हत्या, हिंसा, चन्दाको माध्यमबाट समाजलाई आतंकित पार्नेहरूलाई नछोड्ने प्रधानमन्त्रीले चेतावनी दिनुभएको छ।‘सरकार जनताको सेवक हो।’ कसैलाई दमन गर्दैन तर प्रधानमन्त्री ओलीले सरकारका हरेक अभियान अब हमलाको शैलीमा अघि बढ्ने बताउनुभएको छ। ‘यसपालि म १ जना बालिकालाई विद्यालय भर्ना गराउँछु र देशैभरिका जनप्रतिनिधिलाई पनि त्यसै गर्न लगाउँछु, प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘जिफन्टले पनि यस अभियानको तयारी गर्नुहोस।’