१५ लाखमा कुमारित्व लिलाम

0
Shares

लन्डन, (एजेन्सी)
बेलायतकी २६ वर्षीया एक युवतीले आफ्नो कुमारित्व लिलाममार्फत एक हलिउड अभिनेतालाई बेचेकी छिन् ।
ती महिलाले कुमारित्वको मूल्य करिब १५ लाख डलर राखेकी थिइन् । लन्डनमा बस्दै आइरहेकी जेस्मिनले गतवर्ष आफैले एस्कर्टस साइटमा आफ्नो नाम सूचीकृत गरेकी थिइन् । कुमारित्व बेचेर प्राप्त हुने धनराशी उनले व्यवसायमा लगानी गर्न चाहेकी छिन् ।

जेस्मिनको कुमारित्व लस एन्जलसमा बस्ने एक हलिउड अभिनेताले किनेको समाचारमा जनाइएको छ । उनले म्युनिखका व्यापारी तथा म्यानचेस्टर युनाइटेडका फुटबलरले भन्दा धरै बोली लगाएका थिए । ती अभिनेतासँग जेस्मिनको भेट अप्रिलमा एक होटलमा हुनेछ । जेस्मिनले लिलामअगाडि पनि बोली लगाउने तीनै जनासँग भेटेको र उनीहरुसँगको आफ्नो अनुभव अद्भूत भएको बताएकी छिन् ।

कुमारित्व लिलामीलाई परिवारको प्रतिक्रियाका बारेमा जेस्मिनले सहजताका साथ भनिन्– ‘मेरा मातापिताले शुरुआतदेखि नै मेरो समर्थन गरे । उनीहरुलाई सबै थाहा छ र उनीहरुले सबै कुरालाई स्विकारेका छन् । म २६ वर्षकी हुँ र अब मलाई मेरो शरीरसँग के गर्नु पर्छ, यसको पैmसला गर्ने पूरा अधिकार छ । मलाई आफ्नो फैसलामाथि पूर्ण विश्वास छ ।’

जेस्मिनले उनको कुमारित्व सिन्डेरेला एस्कोर्टस्बाट बेचेकी हुन् । उक्त कम्पनी विश्वकै सबैभन्दा प्रख्यात एस्कोर्ट एजेन्सी हो । एजेन्सीका २७ वर्षीय मालिक जान जाकोबिएल्स्कीले जर्मनीको डोर्टमन्डस्थित एक अपार्टमेन्टबाट उक्त वेबसाइट सञ्चालन गर्दै आइरहेका छन् ।

जेस्मिको कुमारित्वका लागि जर्मन व्यवसायीले ९ लाख ६० हजार पाउन्ड बोली लगाएको बताइएको छ । त्यसैगरी प्रिमियर लिग स्टारले जेस्मिनसँगको पहिलो प्रणयका लागि ५ लाख २३ हजार पाउन्ड तिर्न तयार भएको समाचारमा उल्लखे गरिएको छ ।

सिन्डेरेला एस्कोर्टस्ले जारी गरिएको विज्ञप्तिमा पैसाका लागि यौन सम्बन्धको प्रस्ताव गम्भीर निर्णय हो र एउटा केटीले यसलाई सहजतापूर्वक लिएको उल्लेख गरिएको छ ।