एकतीस गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइयो



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा ३१ शाखा अधिकृतलाई खटाएको छ । मन्त्रालयले १८ जनालाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र १३ जनालाई अधिकृतका रूपमा रिक्त रहेका नगरपालिकामा खटाएको हो ।

पहिलो चरणमा जाजरकोट, भोजपुर ताप्लेजुङ, पर्सा, सर्लाही, सिन्धुपाञ्चोक, बझाङ, डोटी, र अछाम जिल्लाका गाउँपालिकामा प्रशासकीय अधिकृत खटाइएको छ। खटाइएका प्रशासकीय अधिकृत मन्त्रालयबाट पत्र लिई बुधबारदेखि सम्बन्धित स्थानीय तहमा जाने छन् ।

गाउँपालिकाको लागि प्रमुख प्रशासकीय अधिकृत र नगरपालिकाको शाखा कार्यालयका लागि शाखा प्रमुखका रूपमा कर्मचारी खटाइएको मन्त्रालयका कर्मचारी प्रशासन शाखाका अधिकृत रवीन्द्रजङ्ग थापाले जानकारी गराउनुभयो ।

गाउँपालिकामा निमित्तले प्रमुख प्रशासकीय अधिकृतको काम सम्भाल्दै आएका थिए । गाउँपालिकामा शाखा अधिकृत प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ । शाखा अधिकृत थापाका अनुसार अझै ४० गाउँपालिकामा निमित्तले प्रशासकीय प्रमुखले काम चलाइरहेका छन् ।

मुलुकमा २ सय ७६ नगरपालिका र ४ स सय ६० गाउँपालिका छन् ।

प्रतिक्रिया दिनुहोस्