यस्ता छन प्रधानमन्त्री ओलीले कूटनीतिज्ञलाई बालुवाटार बोलाएर सुनाएका सरकारका ६ योजना (पूर्ण पाठ)



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको भावी योजना तथा नीतिका बारेमा नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, पदाधिकारी र विकास साझेदारहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा ब्रिफिङ गर्नुभएकाे छ । परराष्ट्र मन्त्रालयले संयोजन गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले द्वन्द्वकालका गम्भीर मानवअधिकार उल्लंघनका घटनामा आममाफी नदिइने बताउनुभएकाे छ ।

संक्रमणकालीन न्यायका लागि सत्य निरुपण र मेलमिलाप आयोग सक्रिय रहेको भन्दै प्रधानमन्त्री ओलीले मानवअधिकार र मानवीय कानुनको गम्भीर उल्लंघनमा आममाफी नदिइने जिकिर गर्नुभयाे । संक्रमणकालीन न्यायलाई बाहृय र आन्तरिक दबाव तथा हस्तक्षेपबाट मुक्त गराउने उहाँले बताउनुभयाे ।

युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण प्रतिवेदन प्रति असन्तुष्ट रहेका प्रधानमन्त्रीले पहिलोपटक सामुहिक ब्रिफिङ गरे पनि ब्रिफिङमा सो विषयका बारेमा भने कुनै प्रतिकृया जनाउनुभएन ।

कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालका साथै अर्थमन्त्री युवराज खतिवडा लगाएतकाे पनि उपस्थिति रहेकाे थियाे ।  सम्बृद्ध नेपाल र खुसी नेपाली सरकारको लक्ष्य रहेको भन्दै उहाँले आफ्नो सरकारका ६ प्राथमिकता पनि सुनाउनुभयाे ।

यस्तो प्रधानमन्त्री ओलीले गरेको सम्बोधनको पूर्ण पाठ :
PM_Briefing to Diplomats

प्रतिक्रिया दिनुहोस्