नेपाल बंगलादेश बैंकले किन दियो प्रहरीलाई साढे १८ लाख ?



काठमाडौं । नेपाल बंगलादेश बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय प्रहरुी परिसर काठमाडौंलाई १ बर्षका लागि १८ लाख ६० हजार रुपैयाँ प्रदान गरेको छ ।

काठमाडौंमा शान्ति सुरक्षा कायम राख्नका लागि पैसा दिएको बैकले नेपाल समाचारपत्रलाई जानकारी दिएको छ । बैकले प्रदान गरेको रकमबाट काठमाडौं पुलिस अवार्ड प्रदान गरिनेछ । पहिलो पटक प्रदान गर्न लागिएको अवार्ड हरेक महिना उत्कृष्ट कार्य गर्ने प्रहरीलाई प्रदान गरिनेछ । जस अनुसार प्रहरी जवान मध्येबाट १ जनालाई १० हजार, प्रहरी हवल्दारलाई १५ हजार, प्रहरी सहायक निरीक्षकलाई १५ हजार, प्रहरी नायब निरीक्षकलाई २५ हजार, प्रहरी निरीक्षक ३५ हजार र प्रहरी नायब उपरीक्षकलाई ५० हजार प्रदान गरिनेछ ।

नेपाल बंगलादेश बैकका सिईओ ज्ञानेन्द्र प्रसाद ढुंगाना र परिषरको तर्फबाट एसएसपी विश्वराज पोखरेलले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । पुरस्कारलाई निरन्तरता दिने बताइएको छ । परिषर अन्तर्गत ३३ सय प्रहरी कार्यरत छन ।

प्रतिक्रिया दिनुहोस्