अमेरिकाले दियो रूसी कूटनीतिज्ञलाई देश छोड्न आदेश



वासिङ्टन । बेलायतले रुसका २३ कूटनीतिज्ञलाई देश निकाला गरेपछि अमेरिकाले पनि ६० कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ ।

विष सेवन गराएर एक जना पूर्व रूसी गुप्तचर र उनकी छोरीको हत्या प्रयास प्रकरणमा रूसविरुद्ध उभिने नीति अनुरूप प्रतिवद्धता जनाउँदै  अमेरिकाले आफ्नो मुलुकमा कार्यरत कुटनीतिज्ञलाई निष्कासन गरेको हो ।

अमेरिकाले सिटलस्थित रूसी महाबाणिज्यदूतावासलाई बन्द गराउने निर्णय गरेको छ । पूर्व गुप्तचर ६६ वर्षका सेर्गेइ स्क्रिपाल र उनकी ३३ वर्षकी छोरी युलीआविरुद्धको हत्या प्रकरणमा बेलायतलाई साथ दिने अमेरिकी नीति अनुरुप उनीहरूलाई देश निकालाको घोषणा गरिएको हो ।

ट्रम्प प्रशासनले यसबारे रूसलाई जानकारी गराइसकिएको जनाएको छ । निष्कासन भएका रूसी अधिकारीले एक साताभित्र अमेरिका छोड्नुपर्ने छ । एपी

प्रतिक्रिया दिनुहोस्