विदेशी कुटनीतिक नियोगका प्रमुखहरु बालुवाटारमा, प्रधानमन्त्री ओलीले ब्रिफिङ गर्दै



नेपाल समाचारपत्र, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रमुखहरु, दाधिकारी र विकास साझेदारहरुलाई आफ्नो सरकारको नीतिबारे सामुहिक ब्रिफिङ गर्दैछन्।

सरकारको विदेश नीति र प्राथमिकताको विषयमा ब्रिफिङग गर्ने उद्देश्यले प्रधानमन्त्री ओलीले काठमाडौंमा रहेका विभिन्न मुलुकका राजदूत र राष्ट्र संघका आवाशीय प्रमुखसँग छलफल गर्न लागेका हुन्।

यूरोपियन यूनियन (इयू) ले नेपालको समानुपातिक निर्वाचन प्रणालीतर्फ खस आर्य समुदायलाई आरक्षण दिन नहुने भन्दै प्रतिवेदन सार्वजनिक गरेपछि प्रधानमन्त्री ओलीले विदेशी कुटनीतिज्ञहरुसँग छलफल गर्न लागेको बताइएको छ ।

उनले केहि दिन अगाडी युरोपियन यूनियनको प्रतिवेदन सच्च्याउन चेतावनी समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्