ट्रम्पसँगको सम्बन्धलाई लिएर मौन रहन धम्की दिए ः डेनियल्स

0
Shares

न्युयोर्क, (एजेन्सी)
पोर्न स्टार स्टर्मी डेनियल्सले आफूलाई सन् २००६ मा डोनाल्ड ट्रम्पसँगको यौन सम्बन्धलाई लिएर मौन रहन धम्की दिएको बताएकी छिन्।

ट्रम्पसँग सेक्स सम्बन्धको दाबी गर्ने स्टर्मीको वास्तविक नाम स्टेफनी क्लिफोर्ड हो। उनले सन् २००६ ट्रम्पसँग सेक्स सम्बन्ध रहेको दाबी गरेकी छिन्। डेनियल्सले अब आफूलाई ट्रम्पका तर्फबाट धम्की आइरहेको बताएकी छिन्। उनले सीबीएस न्युजलाई दिएको एक अन्तर्वार्तामा सन् २०११ मा एक व्यक्तिले लासभेगस कार पार्किङमा आफूसँग भेटेको बताइन्।


गत हप्ता ट्रम्पका वकिलहरूले डेनियल्समाथि २ करोड डलरको मानहानी मुद्दा हालेका थिए। ट्रम्पका वकिलहरूका अनुसार डेनियल्सले सन् २०१६ मा भएको राष्ट्रपति चुनावअगाडि ट्रम्पसँग गोप्य सम्झौता भएको थियो, त्यसलाई उनले तोडेकी छिन्। यद्यपि डेनियल्सले ती आरोपलाई आधारहीन बताएकी छिन्।

डेनियल्सले ट्रम्पसँग आफूले एक पटकमात्र सम्बन्ध राखेको र त्यो सन् २००६ को घटना भएको बताएकी छिन्। उनले सन् २००६ मा क्यालिफोर्निया र नेभादाको बीचमा हरको लेक टोहोय होटलमा उनको भेट ट्रम्पसँग भएको दाबी गरेकी छिन्। त्यतिबेला ट्रम्प एक व्यवसायी मात्र थिए।

६० मिनेटको उक्त कार्यक्रम आइतबार साँझ प्रसारित भएको थियो। जसमा आफूलाई धम्की दिने ती व्यक्तिका बारेमा बताएकी छिन्।

डेनियल्सले भनिन्– ‘म गाडी पार्किङमा थिएँ, म आफ्नी छोरीसँग फिटनेस क्लासमा गइरहेकी थिएँ। एक व्यक्ति मेरो नजिक आए र उनले मसँग ट्रम्पबाट टाढा रहनु र जे भयो त्यसलाई बिर्सनलाई भने। त्यसपछि उनले मेरी छोरीलाई हेर्दै भने, कति राम्री रहिछ। यदि यसकी आमालाई केही भयो भने यसलाई पनि राम्रो हुँदैन। यति भनेर उनीहरू त्यहाँबाट हिँडे।’
यद्यपि यो नयाँ आरोपमा ट्रम्पले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

यसअघि उनले राष्ट्रपति ट्रम्पका निजी वकिल माइक कोहेनले मौन रहन सन् २०१६ मा राष्ट्रपति चुनावअगाडि १ लाख ३० हजार डलरको सम्झौता गरेका थिए।

कोहेनले पनि पैसा दिएको कुरालाइ स्विकारेका छन् तर पैसा केका लागि दिएको हो त्यो बताएका छैनन्। सीबीएस समाचारअनुसार उनले डेनियल्सलाई कुनै प्रकारले धम्काएको आरोपको भने खण्डन गरेकी छिन्।

डेनियल्स ती ३ महिलामध्येका एक हुन् जसले ट्रम्पमाथि कथित सम्बन्ध रहेको वा यौन शोषण गरेको आरोप लगाएका थिए।