राष्ट्रपतिले संयुक्त बैठकलाई सम्बोधन गर्ने



राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार ४ बजे संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ।

सोमबारकोे बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिले बैठकलाई सम्बोधन गर्ने जानकारी गराउनुभएको थियो। सभामुख महराले सांसदलाई औपचारिक पोसाकमा साढे ३ बजेभित्र नै संसद् भवनभित्र प्रवेश गरिसक्न आग्रह गर्नुभएको छ। संघीय संसद्को बैठक शुरू भएपछि राष्ट्रपतिले पहिलोपटक सम्बोधन गर्न लाग्नुभएको हो।

प्रतिनिधिसभा नियमावली मस्यौदामा दुवै सदनको संयुक्त बैठक बस्दा कसले अध्यक्षता गर्ने भन्ने सोमबारसम्म टुंगो लगाइएको छैन।

प्रतिक्रिया दिनुहोस्