प्रतिनिधिसभा बैठकः तिन अध्यादेश पेश गर्ने तयारी



नेपाल समाचारपत्र, काठमाडौैँ ।

प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । बैठकमा अघिल्लो सरकारले ल्याएका राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र वेपत्ता व्यक्तिको छानबिन एवम् सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश गरी तिन अध्यादेश पेश गर्ने तयारी गरिएको छ ।

सरकारले ल्याएका अध्यादेश ६० दिनभित्र संसदबाट अनुमोदन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । अन्यथा अध्यादेश स्वतः निष्कृय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्