मन्त्रिपरिषदको बैठक सुरु



काठमाडौं । कर्मचारी समायोजना, अन्तरिम मन्त्रालय कर्मचारी सरुवा र अन्य विभिन्न विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बसेको छ । बैठकमा कर्मचारी स्वेच्छिक अवकाशको बारेमा पनि छफफल हुनेछ।

सत्य निरुपण तथा मेलमिलाप ऐन संशोधन,राष्ट्रियसभा निर्वाचन र राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धी अध्यादेशको विषय समेत मन्त्रिपरिषद् बैठकको कार्यसूचीमा रहेको बताइएको छ।

संसद बैठक सुरु भएको ६० दिनभित्र अनुमोदन गराउनुपर्ने उक्त अध्यादेशहरु तयारीका लागि सरकारले निर्णय गर्नुपर्नेछ। संसद बैठक सुरु हुन लागेकाले उसका लागि बिजनेस (काम) दिनुपर्ने भएकाले सरकारले संविधान कार्यान्वयन र अन्य विषयमा विधेयक निर्माण गर्नुपर्ने छ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्