श्रीया मिस पिस

0
Shares

काठमाडौंको लैनचौरकी २३ वर्षीया नर्सिङको पास आउट विद्यार्थी श्रीया रजक पाँचौं मिस नेपाल पिस भएकी छिन्। मिस फोटोजेनिक उपउपाधि विजेतासमेत भएकी उनले उपाधिबापत ५० हजार रुपियाँ पाएकी छिन्।

शनिबार राजधानीको हायात रिजेन्सी होटलमा सम्पन्न प्रतियोगितामा सुस्मिता बोगटी फस्ट र जिना श्रेष्ठ सेकेन्ड रनर्सअप भए। उनीहरूले क्रमशः ३० र २० हजार रुपियाँ पाए।

प्रतियोगितामा जिना श्रेष्ठ ब्युटी विथ ब्रेन, रीना थपामगर मस्ट ट्यालेन्टेड, सुस्मिता बोगटी बेस्ट पर्सनालिटी, दिता देवकोटा बेस्ट वाक, पब्लिक च्वाइस् प्रमिला पण्डित, मस्ट चार्मिङ आरजु श्रेष्ठ, मस्ट डिस्सिप्लिन आस्मा प्याकुरेल, अनु कुमाल बेस्ट नर्सिङ थिम ड्रेस, सरिता राई सोसल्ली रेस्पोन्सिबल र साजन केसी मस्ट पपुलर भएका छन्।